अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
अमेरीकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
शुक्रबार बिहान भएको खेलमा इलिना भिटोलिनालाई पराजित गर्दै सेरेना १० औं पटक घरेलु कोर्टमा जारी यूएस ओपनको फाइनलमा पुग्न सफल भइन । सेरेनाले भिटोलिनालाई ६–३ र ६–१ को सेटमा हराइन् । एकतर्फी बनेको खेलमा सेरेनाले पहिलो सेट ६–३ ले जितेकी थिइन् ।
तर दोस्रो सेटमा अर्को साता २४ वर्ष पुग्ने भिटोलिनाले सुरुवातामा नै एक पोइन्ट जोडे पनि त्यसपछि थप अंक जोड्न सकिनन् । उनले सेरेनाविरुद्ध दोस्रो सेटमा जति प्रयास गरे पनि सफल भइनन् । जसका कारण सेरेनाले दोस्रो सेट ६–१ ले जितिन् ।