राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य र महालेखा परीक्षक...
बैशाख ६, २०८१ बिहिबार
थाइल्याण्डले महिला क्रिकेटमा नयाँ इतिहास बनाएको छ ।
महिला विश्वकप छनोटमा बंगलादेशसँगै छनोट भएपछि थाइल्याण्डले पहिलो पटक महिला टी २० विश्वकप खेल्ने भएको छ ।
अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने क्रममा थाइल्याण्डले पीएनजीलाई आठ विकेटले हरायो । पीएनजीले दिएको ६८ रनको लक्ष्य उसले दुई विकेट गुमाएर पूरा गर्यो ।
कुनै समय नेपालभन्दा पछाडि रहेको थाइल्याण्ड पछिल्लो पटक एसोसियन टिममा सबैभन्दा बलियो टिममा रुपमा अगाडि बढेको छ ।
यस्तै, बंगलादेशले पनि विश्वकपमा स्थान बनाउन सफल भयो । चौथो पटक विश्वकपमा स्थान बनाउने क्रममा आयरल्याण्डलाई पराजित गर्यो। यसअघि उसले २०१४, २०१६ र २०१८ मा विश्वकप खेलेको थियो ।