जिम्बाब्वेमा ३७ वर्ष शासन गर्ने पूर्व राष्ट्रपति मुगाबेको निधन

 भदौ २०, २०७६ शुक्रबार १३:९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

जिम्बाब्वे स्वतन्त्र हुनुभन्दा अघिका नेता रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी र स्वास्थ्य समस्याबाट ग्रस्त रहेको परिवारिक स्रोतले बीबीसीलाई बताएको छ । 

मुगाबे सन् १९८० देखि जिम्बाब्वे स्वतन्त्रतापछि सत्तामा आएका थिए । सन् १९८० मा उनी प्रधानमन्त्री बने । त्यसपछि सन् १९८७ मा उनले प्रधानमन्त्रीको पद समाप्त गर्दै आफैँलाई राष्ट्रपति घोषित गरे । 

सन् २०१७ मा सेनाले सरकार बनाएपछि रोबर्ट मुगाबे सत्ताबाट हटेका थिए । योसँगै उनको तीन दशकको शासनकाल समाप्त भएको थियो । जिम्बाब्वेका शिक्षा सचव फडजाई माहेरेले ट्वीट गर्दै भने, ‘रोबर्ट मुगाबेलाई शान्ति मिलोस् ।’

सन् १९२४ फेब्रुअरी २१ मा त्यस समयको रोडेशियामा उनको जन्म भएको थियो । 

सन् १९६४ मा रोडेशियाई सरकारको आलोचना गरेका कारण मुगाबेलाई एक दशकभन्दा बढी समयसम्म बिना ट्रायलको जेलमा राखिएको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया