अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
चलचित्र ‘विक्की डोनर’ बाट सन् २०१२ मा बलिउडमा डेब्यू गरेका अभिनेता आयुष्मान खुराना अहिले बलिउडका सफल अभिनेता बनिसकेका छन् ।
आयुष्मानले आफ्नो कडा मेहनत, लगनशीलता, प्रतिभाका कारण बलिउडमा आफ्नो पहिचान बनाइसकेका छन् । आयुष्मान अभिनित चलचित्र ‘ड्रिम गर्ल’ गएको सेप्टेम्बर १३ मा प्रदर्शन भैसकेको छ ।
चलचित्रमा आयुष्मान पुरुष र महिला दुवै भूमिकामा देखिएका छन् । आफ्नो अभिनय कौशलले दर्शकको मन जित्न सफल आयुष्मानले यो चलचित्रबाट पनि चर्चा बटुलिरहेका छन । भारतीय चलचित्र समीक्षक तथा दर्शकहरुले पनि चलचित्रलाई रुचाएका छन् ।
चलचित्र ‘ड्रिम गर्ल’ले प्रदर्शनको पहिलो दिन १० दशमलव ५ करोड भारुको व्यापार गरेको थियो ।
यसका साथै ‘ड्रिम गर्ल’ आयुष्मानको फिल्मी करियरको सबैभन्दा धेरै ओपनिङ गर्ने चलचित्र बनेको छ । यसअघि आयुष्मानको चलचित्र ‘बधाई हो’ ले पहिलो दिन ७ दशमलव ३ करोड भारु र ‘आर्टिकल १५’ ले ५ दशमलव २ करोड भारु कमाएको थियो ।
चलचित्रमा आयुष्मान खुरानाको जोडीको रुपमा अभिनेत्री नुसरत भरुचाको अभिनय रहेको छ । साथै अन्नु कपूर, अभिषेक बनर्जी र विजय राज लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
रोमान्टिक कमेडी चलचित्रमा आयुष्मान यस्तो युवकको भूमिकामा छन, जोसँग महिलाको जस्तै हाउभाउ र आवाज निकालेर बोल्न सक्ने कला हुन्छ । त्यही कलाको प्रयोग गर्दै उनी पूजा नामकी महिला बनेर पुरुषहरुलाई आफूतर्फ आकर्षित गरिरहेको देख्न सकिन्छ ।
यो चलचित्र प्रदर्शनमा आउनुपूर्व जुन किसिमको चर्चा थियो, प्रदर्शनपछि पनि चलचित्रले दर्शकहरुको मन जित्न सफल भएको छ । एकता कपूरको निर्माण तथा राज शाण्डिल्यको निर्देशन रहेको चलचित्र जम्मा ३० करोडको लगानीमा बनेको हो ।