ज्ञानेन्द्र शाहीलाई सम्झाएर छाडियो

 भदौ ३०, २०७६ सोमबार १२:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । 

शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

शाहीका लागि यो सुध्रने मौका रहेको र अबदेखि अभद्र व्यवहार नहुने अपेक्षा प्रहरी लिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंह चन्दले जानकारी दिनुभयो ।

शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे स्पष्टिकरण दिन पुल्चोकमा पत्रकार सम्मेलन गरेको ठाउँमा धकेलाधकेल भएपछि प्रहरीले उहाँलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

यसैबीच प्रहरी हिरासतबाट मुक्त भएका शाहीले पत्रकार सम्मेलन गर्दै आफूले कसैलाई अभद्र व्यवहार नगरेको बताउनुभएको छ ।

साथै आइतबार भएको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्नेलाई कारवाही गर्न पनि शाहीले माग गर्नुभएको छ । पत्रकारको भेषमा आएका सरकार समर्थित विद्यार्थीसंगठनका नेताहरु आएर गुण्डागर्दी गरेको पनि उहाँले आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया