८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ
चैत ७, २०८१ बिहिबार
काठमाण्डौ – पुनर्निर्माण भैरहेको काठमाण्डौको त्रिपुरेश्वरमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनर्स्थापना गरिएको छ ।
गजुर त्रिपुरेश्वर महादेव मन्दिरको गजुर पुनर्स्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुल लगायतले मन्दिरको अवलोकन गर्नुभयो ।
भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा सत्तलहरुको काठमाण्डौ विश्वविद्यालयको स्कुल अफ् आर्ट्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ ।
विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कार्यका संयोजक डा. लोचन रिजालले मन्दिरको झण्डै ८० प्रतिशत र समग्र गुरुयोजनाको ३५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।
विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चार ओटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैँचा र पोखरीलाई पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ ।
सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाएकी थिइन् ।
प्राधिकरण कार्यकारी अधिकृतद्वारा सिंहदरबार, धरधरा र रानीपोखरीको अवलोकन
यसैबीच प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आइतबार अपराह्न सिंहदरबार, धरहरा र रानीपोखरीको अवलोकन गर्नुभयो । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा प्रबलीकरणको काम भैरहेको छ । प्रबलीकरण आगामी चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
त्यसैगरी, धरहरा टावरको माथिल्लो बेसमेन्टमा काम भैरहेको छ भने पहिले हुलाक कार्यालय रहेको भवनहरु भत्काइँदै छ । स्थानीय नागरिकको सहजताका लागि टेबहालबाट टुँडिखेल निस्कने नयाँ बाटो पनि खोलिएको छ ।
रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको पनि पुनर्निर्माण जारी छ । यो मन्दिरको प्रताप मल्लकालीन शैलीमा मन्दिर पुनर्निर्माण गरिँदैछ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन पनि दिनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।