८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ
चैत ७, २०८१ बिहिबार
काठमाण्डौ – बुद्ध एअरले शनिबार नेपालगञ्जबाट काठमाण्डौ उडानमा ढिलाइ भएको बारे स्पष्टीकरण दिएको छ ।
काठमाण्डौबाट उडान ढिला हुँदा नेपालगञ्ज पुगेर फर्कन ढिलाइ भएको बुद्ध एअरले स्पष्ट पारेको छ । शनिबार नेपालगञ्ज विमानस्थलबाट फर्कने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडान एक घण्टा ढिलाइ भएको भन्दै केही यात्रुहरुले मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
बुद्ध एअरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीका कारण मात्रै उडान ढिला नभएको स्पष्ट पारेको हो । उडान ढिला हुनुमा काठमाण्डौबाटै उडान ढिला हुनु, मन्त्रीले केही बेर पर्खाउनु र केही यात्रुले नाराबाजी गर्दा झण्डै २४ मिनेट उडान ढिला भएको उसले स्पष्ट पारेको हो ।
काठमाण्डौबाट ४ः५० मा उड्नु पर्ने विमान २३ मिनेट ढिलो गरेर ५ः१३ मा उडेको र नेपालगञ्जमा ६ः२ मा अवतरण भएको उसले जनाएको छ । मन्त्रीका सहयोगीले ६ः२५ मा नेपालगञ्ज विमानस्थलका प्रमुखमार्फत फोन गरेर आफूहरु धम्बोजी आइपुगेको र केही समयमा नै एअरपोर्टमा आउने भन्ने जानकारी गराएको भए पनि उहाँहरु केही ढिला एयरपोर्ट प्रवेश गरेको पनि बुद्ध एअरले खुलाएको छ ।
यस्तै विमानभित्र बसिसकेका यात्रु पनि मन्त्री एयरपोर्ट प्रवेश गर्नुपूर्व नै विमानका परिचारिकाहरुलाई अटेर गर्दै बाहिर निस्केर वादविवाद गर्न थाल्दा झनै उडानमा ढिलाइ भएको उसको भनाइ छ । मन्त्री ६ः५० मा एअरपोर्ट आइपुग्नु भएको र उहाँ सरासर विमानमा जाँदा पहिलेदेखि नै विवाद गरिरहेको समूहले विमानभित्र एकै ठाउँमा उभिएर मन्त्रीविरुद्ध आक्रोश पोख्न थालेको र त्यो क्रममा धेरै वजन एकै भागमा पर्दा विमान समेत ढल्किन पुगेको बुद्ध एयरले जनाएको छ ।
४/५ मिनेट विमान भित्रै आक्रोशित समूहले वादविवाद गर्दा उडान गर्न झनै ढिला भएको उसको भनाइ छ । घटनामा मन्त्री र सुरक्षाकर्मी तथा सहयोगीहरुले देखाएको संयमताका कारण पनि आक्रोशित समूहलाई समयमै साम्य पार्न सकिएको र ढिलै भए पनि उडान गर्न सकिएको पनि बुद्ध एअरले स्पष्ट पारेको छ ।
नेपालगञ्ज विमानस्थलाई दिएको उडान समयभन्दा २४ मिनेट मात्रै उडान ढिलाइ भएको उसले जनाएको छ ।
हेर्नुस् बुद्ध एअरकाे प्रेस विज्ञप्ति
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।