देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चारमाध्यमहरुलाई अर्थमन्त्रीकाे आग्रह

 असोज २, २०७६ बिहिबार १३:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । 

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाइ त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराउनु भयो । आफूले नीति, निर्माणको तहमा २५-३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन्?भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझी हल्का टिप्पणी गर्न नमिल्ने उहाँको तर्क थियो ।

बिहीबार काठमाण्डौको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ? भनेर यकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले देशको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढ्दै गइरहेका बेला खुला अर्थतन्त्र देशका लागि उपयुक्त हुने-नहुने बहसको विषय भएको पनि बताउनु भयो । उहाँले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि दोहोर्‍याउनु भयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया