नेपाल टेलिकमकाे डाटा रोमिङ सेवा अब थप १३ देशहरुमा पनि

 असोज २, २०७६ बिहिबार १५:४३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल टेलिकमले थप १३ मुलुकहरुमा डाटा रोमिङ सेवा विस्तार गरेको छ ।

गएकाे भदाै २० गतेदेखि छिमेकी मुलुक भारतबाट फेरि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ देशहरुमा पनि विस्तार गरिएको हाे । संविधान दिवसको अवसरमा शुक्रबारदेखि यी देशहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने कम्पनीले जनाएकाे छ । 

याेजना अनुसार अबदेखि नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएस बाहेक डाटा रोमिङ सेवा पनि चलाउन सक्नेछन् । साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्नेछन् । 

अहिले अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।
  
केही समयभित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने कम्पनले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया