बाँके घटनाबारे मन्त्री बाँस्कोटा : हात भाँचिएको हो भने कारबाही हुन्छ

 असोज २, २०७६ बिहीबार १८:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिन नगरी कारबाही प्रक्रिया अघि बढाउन नसकिने बताउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कारबाही गर्न माग गरिरहेका बेला मन्त्री बास्कोटाले छानबिन गरेर मात्रै त्यस घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रष्टयाउनु भएको हो ।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनले संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले छानबिन नै नगरी, दोषी नठहराइ, घटनामा कसको संलग्नता छ ? भन्ने पुष्टि नभई आरोपितमाथि कारबाही गर्न नमिल्ने पनि स्पष्ट पार्नुभयो । ‘हाम्रा निकायले छानबिन गर्छ, अनुसन्धान गर्छ’, मन्त्री बाँस्कोटाको भनाइ थियो, ‘दोषी ठहर भएपछि कानुन बमोजिम कारबाही हुन्छ । हात भाँचिएको हो भने पनि कानुनबमोजिम कारबाही गर्न कसले भाँचेको हो ? भनेर अनुसन्धान गर्नुपर्छ ।’

मन्त्री बास्कोटाले अरुले आरोपित गरेको आधारमा कसैमाथि पनि कारबाही गर्न नमिल्ने पनि पटक–पटक दोहोर्‍याउनु भयो । 

प्रमुख प्रतिपक्ष दल कांग्रेसले पार्टीका बाँके सभापति किरण कोइरालासहितका नेता, कार्यकर्तामाथि नेकपाका कार्यकर्ताले हमला गरी घाइते बनाएको भन्दै तत्काल कारबाही गर्न माग गर्दै आएको छ ।

जनजागरण अभियानमा नेकपाका नेता कार्यकर्ताले आक्रमण गरेर बाँके सभापति किरण कोइरालाका् हात भाँचिदिएको कांग्रेसले आरोप लगाएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ARJUN NARSINGH KUNWAR

    Sept. 20, 2019, 3:52 a.m.

    दुई तिहाइको सरकार छ , गोकुलजीहरुले के गर्ने हो भनिदिनु न , बाँकी त सबै आफ्नै हातमा छंदैछ नि / संविधान भन्दा माथि कोहि छ भने,त्यो हो नेपाल सरकार यहाँ अहिले /

  •  0 Reply

तपाईको प्रतिक्रिया