बिहीबार नेप्से दोहोरो अंकले घट्याे

 असोज २, २०७६ बिहिबार १९:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

बुधबार २२ अंकले बढेको नेप्से बिहीबार १८ दशमलव १२ अंकले घटेर ११ सय ५५ दशमलव ३० विन्दुमा झरेको छ । बिहीबार ट्रेडिङ र म्युचुअल फन्ड समूहको शेयर सामान्य बढे पनि अरु सबैजसो समूहको शेयर घट्यो । निर्जीवन बिमा र जीवन विमा समूहको शेयर सबैभन्दा धेरै १ सय ५ अंकका दरले घटेको छ भने होटल समूहको ४८ र उत्पादन समूहको शेयर ४४ अंकले ओरालो लागेको छ ।

नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटेको छ । बुधबार ४७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकामा बिहीबार ३९ करोड ९९ लाख रुपैँया बराबरका १२ लाख २४ हजार कित्ता शेयर खरिद-बिक्री भए ।

बिहीबार सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८ प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र नेप्से घटे पनि आज समता माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशत कमाएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया