प्रदेश पाँच : बजेट अधिवेशन सकियो, ९ विधेयक पारित

 असोज ३, २०७६ शुक्रबार ८:४९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर पाँच को प्रदेश सभाको चौथो अधिवेशन बिहीबार रातिदेखि अन्त्य भएको छ । जेठ २ गते सुरु भएको चौथो तथा बजेट अधिवेशन ४ महिना चलेर अन्त्य भएको हो ।

प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त भएको अधिवेसन अन्त्यसम्बन्धी व्यहोराको पत्र सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको बैठकमा पढेर सुनाउनु भएको थियो । यो अधिवेशनले ९ बटा विधेयक पारित गरेको छ ।

१० वटा विधेयक चालु अधिवेसनमा पेस भए पनि ९ विधेयक मात्रै पारित भए । सुसासनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानुन समितिमै छलफलको क्रममा रहेको छ । यो विधेयकलाई संसदको हिउदे अधिवेशनमा पास गर्ने तयारी छ ।

चौथो अधिवेसनको अन्तिम ३२ औँ बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको बिहीबारको बैठक बाँकेमा सञ्चालित जागरण अभियानमा नेकपाका कार्यक्रर्ताले आक्रमण गरेको विरोधमा नेपाली कांग्रेसले अवरोध गरेको थियो ।

प्रदेशसभाबाट अहिलेसम्म पारित भएका ४८ विधेयक मध्ये ४७ विधयेक प्रदेश प्रमुख उमाकान्त झाबाट प्रमाणिकरण भएको प्रदेश सभाका सूचना अधिकारी मनोजकुमार पाण्डेले जानकारी दिनुभयो ।

अन्तिम बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको कार्यप्रगति विवरण प्रस्तुत गर्दै चौथो अधिवेशन सफल भएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया