साफ यू–१८ फुटबल च्याम्पियनशिप: नेपाल र माल्दिभ्सबीच एक-एक गाेलकाे बराबरी

 असोज ३, २०७६ शुक्रबार १७:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साफ यू–१८ फुटबल च्याम्पियनशिपकाे उद्घाटन खेलमा नेपालले माल्दिभ्सँग एक एक-गोलको बराबरी खेलेको छ ।

हलचोकमा रहेकाे सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सको एक गोलको अग्रतालाई मनिष डाँगीको गोलमार्फत बराबरीमा ल्याउन सफल भयो ।

खेलको १३ औंँ मिनेटमा नेपाली डिफेन्डरले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई माल्दिभ्सले सहज रुपमा गोल गरेकाे थियाे । उसका लागि हसम अजीमले गोल गर्न सफल भएका थिए । एक गोलले पछि परेको नेपालले १६ औंँ मिनेटमा उत्कृष्ट प्रहार गरेको थियो । नेपालका कप्तान जया गुरुङको प्रहारलाई माल्दिभ्सका गोकिपरले बचाए ।

२० औंँ मिनेटमा नेपालले अर्को अवसर सिर्जना गरेको थियो । जसमा माल्दिभ्सका गोलकिपर डिफेन्डरले तीन पटकको प्रयासमा जोगाउन सफल भए ।

२५ औंँ मिनेटमा नेपालले फेरि अर्को गोलको अवसर पाएको थियो । तर नेपालका ब्रिजेस चौधरीको प्रयासमा माल्दिभ्सका गोलकीपर हसन अलिफ बाधक बने । ३४ औंँ मिनेटमा माल्दिभ्सले अर्को गोलको अवसरलाई खेर फाल्यो । उसका हसन नजिमको प्रहार पोष्टको नजिकैबाट बाहिरियाे । ३७ औंँ मिनेटमा नेपालको लङ रेन्जको प्रहारले पनि सही दिशा लिन सकेन ।

४१ औंँ मिनेटमा नेपालका मनिस डाँगीको प्रहारलाई माल्दिभ्सका गोलकिपर हसनले बचाए । पहिलो हाफको अन्तिममा नेपालले दुई वटा अरु आक्रमण गरे पनि गोल गर्न असफल रहे ।

४९ औंँ मिनेटमा माल्दिभ्सले अर्को एउटा प्रहार गरेको थियो । डी-बक्स बाहिरबाट गरेको प्रहार पोष्टमा पर्न सकेन । ५२ औंँ मिनेटमा नेपालका ब्रिजेश चौधरीको प्रहार पोष्टको माथिबाट गयो । त्यसको काउन्टरमा माल्दिभ्सको प्रहारलाई नेपालका गोलकिपरले उत्कष्ट बचाउ गरे ।

५५ औंँ मिनेटमा नेपालले डी-बक्समा राम्रो मौका पाए पनि तीन जना खेलाडीले त्यसलाई गाेलमा परिणत गर्न सकेनन् । त्यसको लगत्तै नेपालका नविन गुरुङको प्रहारलाई माल्दिभ्सका डिफेन्डरले बचाए ।

५८ औंँ मिनेटमा नेपालका ब्रिजेश चौधरीको हेडरको प्रयास पोष्टको नजिकैबाट बाहिरियो । ६२ औंँ मिनेटमा नेपालका कप्तान जय गुरुङको प्रहारलाई माल्दिभ्सका गोलकीपर हसन अलिफले उत्कृष्ट बचाउ गरे । उनले डी-बक्स बाहिरबाट गरेकाे प्रहारलाई बचाएका हुन् ।

त्यसपछि पाएको कर्नर बलमा पनि नेपाल चुक्न पुग्यो । मनिस थापाले डी-बक्स नजिकैबाट गरेको प्रहार पनि रोकियो । ६६ औंँ मिनेटमा फेरि नेपालले अर्को मौका पाएको थियो । डी-बक्स भित्रबाट मनिष डाँगीले प्रहार गरेको सजिलो बललाई माल्दिभ्सका गोलकिपरले बचाए ।

६७ औंँ मिनेटमा नेपालको अर्को मौकालाई माल्दिभ्सले हुलमुलमा बचायो । ७० औंँ मिनेटमा नेपालले निकै उत्कृष्ट मौका गुमाउन पुग्यो । नितिन थापाको प्रहार बारमा लागेर फर्कियो, त्यसपछि फेरि अर्को अवसरमा ब्रिजेश चौधरी चुक्न पुगे ।

तर ७४ औंँ मिनेटमा नेपालले गोल फर्काउन सफल भयो । बारम्बारको प्रयासपछि नेपालका लागि मनिस डाँगीले हेडर गोल गरे । नेपाली उमेर समूहमा गरेको उनको यो पहिलो गोल हो ।

त्यसपछि पनि नेपालले पाएको अरु तीन वटा मौकामा गोल थप्न नसकेपछि नतिजा बराबरीमा राेकिएकाे हाे । अब नेपालले समूहको दोस्रो खेलमा भुटानसँग खेल्नेछ । नेपालका लागि सेमिफाइनलमा पुग्न त्याे खेल जित्नैपर्ने हुन्छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया