कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - पूर्व सभासद नरेन्द्रकुमार साहले संविधान दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीलाइ ६० थान साइकल प्रदान गर्नु भएको छ ।
बरहथवा नगरपालिका-११ हिरापुरमा रहेको इलाका प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा उहाँले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई ६० थान साइकल हस्तान्तरण गर्नुभएको हाे ।
राति चलाउन मिल्ले गरी साइकलमा दुई किसिमको बत्ती र साइरन जडन गरिएको छ । आफू सर्लाहीकै स्थानीय बासिन्दा तथा समाजसेवी भएकाले नागरिकको सुरक्षाको लागि प्रहरीलाई साइकल उपलब्ध गराएको साहले बताउनुभयो ।
कार्यक्रममा बरहथवा नगरपालिका प्रमुख देवानन्द महतो, सर्लाहीका प्रहरी प्रमुख गाेपालचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुर, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी संविधान दिवसकै अवसरमा सदरमुकाम मलंगवामा कर्माचारीहरुले प्रभातफेरी कार्यक्रम गरेका छन् । संविधान दिवसकै अवसरमा हरिपुर नगरपालिकाले तीन दिने नि:शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । शिविरमा शुक्रबार ७९ जनाले स्वास्थ्य परीक्षण गरेका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले जानकारी दिनुभयो ।