परराष्ट्रमन्त्री राणा आज चीनको छेन्दु जाँदै
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोग आदानप्रदान गर्नेबारे ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, गोष्ठी तथा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने विषयलाई पनि महत्वका साथ राखिएको छ । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गर्नुभएको छ ।
चिनियाँ कम्युनिष्ट शासन पद्धति, त्यहाँको विकासका चरणहरु बुझ्न नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सहकार्यमा छलफल कार्यक्रम राखेको हो ।
कार्यक्रममा नेकपाका २ सय जना केन्द्रीय नेता, वामपन्थी बुद्धिजीविहरुको सहभागिता थियो । यसैबीच नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आफ्नो पार्टी कुनै खास देशतिर नढल्कने स्पष्ट पार्नुभएको छ ।
ट्विट गर्दै उहाँले कुनै देश वा प्रयोगको अन्धनक्कल नगरी आफ्नै मौलिक बाटोबाट अघि बढिरहेको र त्यो सँधै रहने पनि बताउनुभयो । प्रवक्ता श्रेष्ठले देशको भूराजनीतिक अवस्था र संवेदनशीलताको बारेमा पनि आफूहरु जानकार रहेको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।