जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - नेपालका लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग क्रिकेट सीपीएलमा ६ खेलमा प्रतिस्पर्धा गर्दा ८ विकेट लिएका छन् ।
पहिलो खेलमा विकेटविहीन भएका सन्दीपले बाँकी पाँच खेलमा ८ विकेट लिएका हुन् । पहिलो खेलमा १ ओभर मात्रै बलिङ गरेका सन्दीपले बलिङ भने किफायती गरेका थिए । नेपाली टिम सिंगापुर र ओमान सिरिजका लागि जाने भएपछि सन्दीप सीपीएलका बाँकी खेल छाडेर राष्ट्रिय टिममा सामेल हुन सिंगापुर पुग्दैछन् ।
बार्बाडोस ट्रिडेन्टबाट यो सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा सन्दीप लामिछाने नै परेका छन् । समान ६ खेलबाट जेशन होल्डरले ९ विकेट लिँदै शीर्ष स्थानमा रहँदा सन्दीपले ८ विकेट हात पारेका छन् । जारी प्रतियोगितामै धेरै विकेट लिने खेलाडीको कुरा गर्ने हो भने सन्दीप सीपीएलको सातौँ स्थानमा छन् ।
सन्दीपले ६ खेलमा ८ विकेट लिँदा १९.५ ओभर बलिङ गरे । १ ओभर मेडन राखेका सन्दीपले १२९ रन खर्चिएका थिए । इकोनोमी रेट भने सन्दीपले ६.५ राखेका छन् ।
सन्दीपले दोस्रो खेलमा २२ रन दिएर ३ विकेट लिए । सन्दीपले गत सिजनको आफ्नै क्लब सेन्ट किट्स नेभिस पेट्रियोट्सका तीन खेलाडीलाई आउट गरेका थिए । उक्त खेलमा सन्दीप म्यान अफ द म्याच समेत भएका थिए । उक्त खेलमा सर्वाधिक ६४ रन बनाएका लावरी इभान, १३ रन बनाएका शमराह बु्रक्स र कप्तान कार्लोस ब्रेथह्वाइटलाई १ रनमै पेभेलियन पठाएका थिए ।
तेस्रो खेलमा सन्दीपले ब्याटबाट नट आउट १० रन बनाउँदा बलिङमा भने महँगो सावित भए ।
चार ओभरको स्पेलमा १ ओभर मेडन राखेका सन्दीपले ३५ रन खर्चिएर १ विकेट हात पारेका थिए । उक्त खेलमा सन्दीपले जाभेल ग्लेनलाई आउट गरेका थिए ।
चौथो खेलमा सेन्ट लुसियाविरुद्ध २९ रन दिएर सन्दीपले १ विकेट हात पारेका थिए । ३.५ ओभर बलिङ गर्दा ३१ रन बनाएका हार्डस भिल्याेनलाई आउट गरेका थिए । उनकै ओभरमा कोलिन डी ग्राण्डहोम रन आउट हुन पुगेका थिए ।
पाँचौै खेलमा गुएनाविरुद्ध ब्याटिङमा पनि मैदानमा रहेका सन्दीपले खाता खोल्न सकेनन् । बलिङमा भने उनले २१ रन दिएर १ विकेट हात पारे । वर्षाले प्रभावित गरेको उक्त खेलमा ३ ओभर बलिङ गर्दा चन्द्रपौल हेमराजलाई आउट गरे ।
जमैकाविरुद्ध सन्दीपले किफायती बलिङ गरे । ४ ओभरमा १७ रन खर्चिएका सन्दीपले २ विकेट लिए । सन्दीपले जमैकाका चाड्वीक वाल्टन र ड्वेन स्मिथलाई पेभेलियन पठाएका थिए । ब्याटिङको मौका पाएका सन्दीपले टिमलाई भने जित दिलाउन सकेनन् । २ बलमा ६ रन चाहिएका बेला क्रिजमा रहेका सन्दीपले दुवै बल डट बनाएका थिए । अन्तिम समयसम्म नट आउट रहेका सन्दीपले ९ रन जोडेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।