धनुषामा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीन जनाको ज्यान गयो

 असोज ८, २०७६ बुधबार ११:३२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – धनुषाको एक होटेलको फ्रीजमा करेन्ट लागेर तीन जनाको ज्यान गएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहामा रहेको पूर्वेली स्टाफलाइन होटेलको फ्रीजमा करेन्ट लागेर मंगलबार राति तीन जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उहाँकी श्रीमती ४५ वर्षीया देवीमाया खत्री र होटेलमा काम गर्ने एकजना महिला कामदार उर्लाबारीकी ४० वर्षीया गीता परियार रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । तीनै जनाको शवलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटना मंगलबार राति नै भएको भए पनि बुधबार बिहान कोही पनि नउठेपछि स्थानीयले हेर्दा तीनै जना मृत फेला परेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेका थिए । 

अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटना स्थलमा पुगेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

घटना पश्चात् स्थानीयले झण्डै ४५ मिनेट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्ग अहिले सञ्चालनमा आएको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया