सार्वजनिक गाडीमा सहुलियत नदिए वा तोकेभन्दा बढी भाडा लिए कारबाही गरिने

 असोज ८, २०७६ बुधबार १२:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – सरकारले घोषणा गरेको यातायात भाडामा दिइने सहुलियत नदिने सबै यातायात व्यवसायीलाई कारबाही गरिने धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बाउनुभएको छ ।

चाडबाडको बेलामा यातायातमा बढी चाप हुने मौकामा यात्रु ठगिने भएकोले सरकारले बनाएका सबै कानुन कार्यान्वयन गरी यात्रुलाई सुविधा दिन लागि पर्ने उहाँले बताउनुभयो । धादिङबाट सञ्चालन हुने यातायातले विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई सरकारले तोकेको सहुलियत नदिएको गुनासो सम्बन्धित पक्षले गरेपछि यस्तो प्रतिबद्धता गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले सबै यातायात व्यवसायिलाई कानुन कार्यानवयनमा सघाउन आग्रह गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले आयोजना गरेको छलफलमा धादिङबाट सञ्चालन हुने सार्व गाडी विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई छुट नदिएको गुनासो गरेका थिए ।

जेष्ठ नागरिक अब्जनाथ सापकोटाले अहिले सार्वजनिक गाडीमा जेष्ठ नागरिकले भोगिरहेको समस्या समाधानका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारसँग आग्रह गर्नुभयो ।

सरकारले तोकेको भाडादर र सहुलियतपूर्ण रुपमा कार्यान्वयन गर्न नसकिने यातायात व्यवसायीहरुले बाएपछि प्रमुख जिल्ला अधिकारी तामाङले सरकारले तोकेको सबै मापदण्ड र नियममा कुनै सम्झौता गर्न नसकिने भएकोले सहुलियत नपाएको गुनासो आए तत्काल कारबाही गरिने बताउनुभयो ।

विगतका चार्डपर्वको बेला यातायातका साधनहरुले क्षमताभन्दा बढी यात्रु बोक्ने, चर्को भाडा उठाउने, विद्यार्थी, अपाङ्ग, जेष्ठ नागरिक सहुलियत नदिने जस्ता कार्यहरु नगर्न उहाँले आग्रह गर्नुभएको हो ।

दशैँमा यात्रु सहायताका लागि सवारी साधनमा सादा पोशाकका प्रहरीहरु अनुगमनका परिचालन गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) वैदवारले जानाकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया