जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्डले आफू स्टार खेलाडी भएको अनुभव नभएको बताएका छन् । यसै सिजन चेल्सीबाट एक सय ५० मिलियन पाउण्डमा रियलमा अनुबन्ध भएका हाजार्डले अझै पनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् ।
२८ वर्षे हाजार्डले ला लिगामा तीन खेलमा अझै पनि आफ्नो फर्मलाई देखाउन सकेका छैनन् । बेल्जियन स्टार हाजार्ड रियलमा गए पनि चर्चित जर्सी नम्बर सातमा मैदानमा उत्रिने गरेका छन् । उनी रियलमा अनुबन्ध हुनु अगाडि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले लगाएको जर्सी पाएका हुन् । तर अझै पनि उनी रोनाल्डोको छापलाई पक्ष्याउन सकेका छैनन् ।
हाजार्डले आफूले स्टार खेलाडी भनेर प्रमाणित गर्न बाँकी रहेको बताएका छन् । साथै उनले आफूले पाएको जर्सी नम्बरको इज्जतलाई अझै देखाउन नसकेको स्वीकार गरेका छन् ।
त्यसका लागि चाँडै नै खेलमा मात्र होइन प्रशिक्षणमा पनि देखाउने उनले बताए । हाजार्डको टिम रियलले च्याम्पियन्स लिगको समूह चरणमा क्लब ब्रुगसँग मंगलबार खेल्दैछ । यसअघि पीएसजीसँग खेल्दा उनी ७० मिनेट मैदानमा रहेका थिए । तर टिम तीन शून्यले हारेको थियो ।
पीएसजीसँगको हारपछि निकै आलोचना भएको रियलका लागि ब्रुगसँगको खेल झन महत्वपूर्ण रहेको छ ।
समूह ए को पुछारमा रहेको रियल च्याम्पियन्स लिगको इतिहासमा पहिलो पटक लगातार तीन खेलमा हार टार्न लक्षित छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।