जलविद्युत् आयोजनाको स्टोरमा आगलागी : एक करोड बराबर क्षति

 असोज १४, २०७६ मंगलबार ८:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सिभिलतर्फको स्टोरमा सोमबार राति आगलागी भएको छ ।

आगलागीबाट स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङलगायतका सामग्री जलेका छन् । ड्याम साइडमा रहेको स्टोरमा आगलागी हुँदा करिब १ करोड मूल्य बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

सोमबार राति ११ बजेर ५ मिनेट जाँदा आगालागी भएको थियो । चिनियाँ टोलीले साढे ११ मा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागी हुनुको कारण खुलेको छैन । आयोजनाका अनुसार आगलागी हुनुको कारण अनुसन्धान भइरहेको छ ।

छोटो समयमा नै आगो नियन्त्रणमा लिन सकिएका कारण थप क्षति हुनबाट जोगिएको आयोजनाले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया