आज टिकाकाे दिन: यी रूटमा नेपाली सेनाकाे निःशुल्क बस सेवा

 असोज १८, २०७६ शनिबार ७:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – नेपाली सेनाले दशैँको टिकाको दिन, आज काठमाण्डौ उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेकाे छ । 

विजयादशमीको  दिन सार्वजनिक सवारी साधन निकै कम मात्रामा सञ्चालन हुने भएकाले नेपाली सेनाले नागरिकहरुका लागि आवागमनमा सहज होस् भनेर निःशुल्क बस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । 

नेपाली सेनाले आज टिकाको दिन काठमाण्डौ उपत्यकाभित्र विभिन्न सात ओटा रुटमा विभिन्न समयमा बस सञ्चालन गरेकाे छ। 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया