इंग्लिस प्रिमियर लिगमा शनिबार ६ खेल हुँदै, लिभरपुल अपराजित यात्रा कायम राख्ने हाेडमा

 असोज १८, २०७६ शनिबार १०:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार ६ ओटा खेल हुँदैछन् । 

यो सिजनको सात ओटै खेलमा अपराजित रहेर शीर्षस्थानमा रहेको लिभरपुलले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । त्यसअघि सवा पाँच बजे ब्राइटन र टोटनह्याम खेल्नेछन् । 

त्यस्तै बर्नले र एभर्टन, लिभरपुल र लेस्टर, नर्विच सिटी र एस्टोन भिल्ला तथा वाटफोर्ड र सेफिल्डको खेल राति पौने आठ बजे हुनेछ । 

राति सवा १० बजे वेस्टह्याम र क्रिष्टल प्यालेसले प्रतिस्पर्धा गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया