टी-२० क्रिकेट सिरिज:पहिलाे खेलमा हङकङले दियाे ओमानलाई ९७ रनकाे लक्ष्य

 असोज १८, २०७६ शनिबार १४:२२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देशको सहभागिता रहेको टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा हङकङले ओमानलाई ९७ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट संघको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा नौ विकेट गुमाएर ९६ रन बनायो । ३० रन हुँदा हङकङका ओपनर निजाकत खान व्यक्तिगत १७ रनमा मोहम्मद नादिमकाे बलमा बोल्ड भए ।

त्यसपछि हङकङका दुई खेलाडी लगातार रुपमा रन आउट भए । कप्तान किन्चित शाह मात्र एक रनमा आउट भए भने साहिद वासिफ दुई रनमा पेभेलियन फर्किए । जसका कारण हङकङले ३५ रनमा तीन विकेट गुमायो ।

त्यसको लगत्तै इशान खानपनि रनआउटको नै सिकार हुन पुगे । ओपनर असन अब्बासीसँग तालमेल नमिल्दा उनी खाता खोल्न नपाउँदै रनआउट भएका थिए । त्यसपछि पनि हङकङको विकेट झर्ने क्रम रोकिएन ।

हङकङको स्कोर ५७ रन हुँदा पाँचौ विकेट झर्यो भने ६३ रन हुँदा छैटौँ विकेट ज.पनि पतन भयाे । उसका स्कट म्याक्केनी १५ रनमा पेभेलियन फर्किए । त्यसको लगत्तै असान अब्बासी १७ रनमा आउट भए ।

ओमानको अगाडि कमजोर देखिएको हङकङका आरुस भगवात मात्र तीन रनमा आउट हुँदा उसले सातौँ विकेट गुमाएको थियो । वर्षाका कारण खेल बीचमाा केहीबेर रोकिएको थियो ।

फेरि सुरु भएको खेलपछि पनि हङकङको ब्याटिङ धेरै बेर टिक्न सकेन । उसको स्कोर ८७ रन हुँदा इसान खान मात्र नौ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका केली क्रिस्टी मात्र एक रनमा आउट हुँदा हङकङले नवाैँ विकेट खेर फाल्यो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया