चिनियाँ राष्ट्रपति हिँड्ने सडकको बीच भाग मात्रै चिल्लो, सर्भिस लेनका खाल्डाखुल्डी मन्त्रीले देखेनन्

 असोज २२, २०७६ बुधबार १६:५०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बुधबार काठमाण्डौ उपत्यकाका विभिन्न सडकको अनुगमन गर्नुभएको छ । मन्त्री महासेठले चिनियाँ राष्ट्रपति सि जिङपिङले प्रयोग गर्ने एयरपोर्टदेखि सोल्टीमोडसम्म र सोल्टीमोडदेखि द्धारिका होटलसम्मको सडक अनुगमन गर्नभएको हो । 

अनुगमनका क्रममा सोल्टीमोडको सडकमा भेटिनुभएका मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताउनुभयो । 

मन्त्रीसँगै अनुगमनमा पुगेका सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले काठमाण्डौ उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र अहिले विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताउनुभयो । काठमाण्डौ उपत्यकाको सडक मर्मतको जिम्मेवारी सीएम कन्स्ट्रक्सनले लिएको छ ।

सरकारले अहिले चिनियाँ राष्ट्रपति सि जिङपिङ हिँड्ने सडक मात्रै सुन्दर बनाएको छ । तीनकुने माइतीघर सडकको बीचको भाग पिच गरेर सून्दर बनाइए पनि सर्भिस लेनका खाल्डाखुल्डी टालेको छैन । 

सडक विभागका कर्मचारीले मन्त्री महासेठलाई सडक चिल्लो सडक मात्रै देखाएका छन्, खाल्डाखुल्डी र धुलै धुलो भएको सर्भिस लेन भने देखाएका छैनन् । विदेशी पाहुनालाई देखाउन केहि सडक मात्रै पिच गरेको तर अरु सडकको बेहाल अवस्था नदेखेको भन्दै नागरिकले सरकारको आलोचना गरेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया