धनुषामा पार्किङ गरेर राखेको नौ वटा मोटरसाइकल र चार वटा साइकलमा आगजनी

 असोज २३, २०७६ बिहीबार ११:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनक नन्दनी गाउँपालिका–३ मा पार्किङ गरेर राखिएको नौ वटा मोटरसाइकल र चार वटा साइकल जलेर नष्ट भएको छ । सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहित नौ जनाको मोटरसाइकल र साइकल जलेको प्रहरीले जनाएको छ ।

चार वटा नेपाली, चार वटा भारतीय र एउटा वडाध्यक्ष चढ्दै आएको सरकारी नम्बर प्लेटको मोटरसाइकल र अन्य चार ओटा साइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन थापाले जानकारी दिनुभयो ।

बुधबार राति करिब ३ बजे मोटरसाइकल जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा बिजुलीको तारसमेत चुँडिएको देखिएकाले बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया