सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ११ पुग्यो

 असोज २४, २०७६ शुक्रबार १६:४४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार भएको बस दुर्घटनामा परि घाइते भएकाको बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपामा उपचार हुँदै

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुमा इन्द्रावती गाउँपालिका–९, का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य, पाँचखालकी संगीता पुरकोटी र बसका चालक काभ्रेकै केदार महाजु छन् । बाँकीको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र सिपाटारबाट काठमाण्डौ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिकामा पर्ने भीमटार नजिक दुर्घटनामा परेको हो ।

बसमा दशैँ मनाएर काठमाण्डौ फर्कंदै गरेका यात्रुहरु थिए । यसैबीच प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुग्नुभएको छ । केही घाइतेकाे उपचार बनेपामा रहेकाे शिर मेमोरियल अस्पतालमा भैरहेकाे छ । घाइतेमध्ये २३ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया