चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदी नरिवलको पानी पिउँदै गफिँदै

 असोज २४, २०७६ शुक्रबार १८:२७:५८ | एजेन्सी
unn.prixa.net

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने भारत भ्रमणका क्रममा तमिलनाडुको महाबलिपुरम पुग्नु भएको छ ।

युनेस्कोको विश्व सम्पदा सूचीमा परेको महाबलिपुरमका स्मारकको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङले अवलोकन गर्नु भएको छ । यी स्मारक पल्लव वंशका राजाहरुले स्थापना गरेका हुन् । ७औँ र ८औँ शताब्दीमा कोरोमण्डल तटको किनारमा रहेका चट्टान कुँदेर यी स्मारक बनाइएका थिए ।

अनौपचारिक शिखर वार्ताका क्रममा भारतीय प्रधानमन्त्रीले ‘कृष्णको मख्खन बल’ भनेर चिनिएको चट्टानका बारेमा पनि चिनियाँ राष्ट्रपति सीलाई जानकारी गराउनु भएको छ । यो चट्टान लगभग ६ मिटर अग्लो र ५ मिटर चौडा रहेको छ ।

यसको तौल २५० टनभन्दा बढी रहेको बताइएको छ । यही प्राचीन पत्थरको अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीको हात समाएर उठाउँदै मित्रताको सन्देश दिनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परम्परागत पोसाक धोतीमा देखिनु भएको छ भने चिनियाँ राष्ट्रपति सी जिन पिङ शर्ट पेन्टमा देखिनु भएको छ । दुवै जना नरिवलकोे पानी पिउँदै गफिएको पनि तस्बिरहरु सार्वजनिक भएको छ ।

दुई दिने भारत भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया