कालिका म्युजिक अवार्डको मनोनयन सार्वजनिक

 असोज २४, २०७६ शुक्रबार २०:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - मोफसलको सबैभन्दा ठूलो सांगीतिक उत्सव कालिका म्युजिक अवार्डको पन्ध्रौ संस्करण अन्तरगत विभिन्न तीस विधाका गीत रचनाहरु सार्वजनिक गरिएको छ ।

कालिका मिडियाको सत्राैँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिने म्युजिक अवार्डका लागि सर्वोत्कृष्ट आधुनिक गीत गायन, आधुनिक संगीत, आधुनिक गीत रचना, सर्वोत्कृष्ट नेपाली चलचित्र गायन, नेपाली चलचित्र संगीतकार, नेपाली चलचित्र गीतकार, सर्वोत्कृष्ट नेपाली पप गीत गायन, सर्वोत्कृष्ट पप संगीत, सर्वोत्कृष्ट पप गीत रचना र सर्वोत्कृष्ट पप ब्याण्ड विधातर्फका गीतहरु सार्वजनिक गरिएका हुन् ।

यसैगरी सर्वोत्कृष्ट नेपाली लोक दोहोरी गायन, लोक दोहोरी भाका, लोक दोहोरी शब्द रचना, स्थानिय लोक दोहोरी गायन, सर्वोत्कृष्ट मध्य नेपाल गायन, सर्वोत्कृष्ट संगीत संयोजन, सर्वोत्कृष्ट नव प्रवेशी गायन, वर्षकै सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट युगल गीत, सर्वोत्कृष्ट गजल, सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट भिडियो सम्पादन, सर्वोत्कृष्ट भिडियो निर्देशन, सर्वोत्कृष्ट सिनेम्याटोग्राफर र सर्वोत्कृष्ट भिडियो अभिनय तर्फका गीतहरु शुक्रबार सार्वजनिक गरिएका हुन् ।

आउँदाे असोज ३० गते बिहीबार नारायणगढको नारायणी कला मन्दिरमा हुने समारोहमा अवार्ड प्रदान गरिने कालिका मिडियाले जनाएको छ । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ एम ९५.२ र कालिका एचडी टिभीले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछन् । 

हरेक वर्ष प्रदान गर्दै आएको लाइफटाइम अचिभमेन्ट अवार्डबाट भने यसवर्ष बरिष्ठ चलचित्रकर्मी कवि, गीतकार तथा नेपाल टेलिभिजनका संस्थापक नीरविक्रम शाहलाई सम्मानित गरिनेछ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया