बिदाको दिन पनि देशैभरीका राजश्व कार्यालय र रकम संकलन गर्ने बैंक खुला

 असोज २६, २०७६ आइतबार १२:२५:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि देशैभरीका राजश्व कार्यालय तथा राजश्व रकम बुझाउने बैंक खुलै छन् ।

आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भएकाले करदाताको सुविधाको लागि देशैभरीका राजश्व कार्यालय र सम्बन्धित बैंक खुला रहेको आन्तरिक राजश्व विभागले जनाएको छ ।

असोज १८ गतेदेखि दशैँ बिदा भएकाले कार्यालय बन्द भएको र अब पनि कार्यालय नखोल्दा सेवाग्राही मर्कामा पर्ने र राजश्व संकलनमै कमी आउन सक्ने भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालयले सेवा दिइएको विभागले जनाएको छ  ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Yogesh Adhikari

    Oct. 13, 2019, 1:23 p.m.

    आज भोलि धेरै जसो महशुलहरु अनलाइन वाट तिर्दा हुने भैसक्यो यो राजस्व बुझाउने चै किन बैंक मै लाइन बस्नु पर्ने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया