कांग्रेसको चियापान : तात्तातो समोसा,जेरी र नमकिन

 असोज २६, २०७६ आइतबार १९:४७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले आइतबार चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बीपी कोइराला २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्केपछि २०३४ सालदेखि कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको छ ।

यही क्रमलाई निरन्तरता दिँदै आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी कार्यालय सानेपामा भएको चियापान कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता, बुद्धिजीवी, कुटनीतिक नियोगका प्रमुख, सर्वसाधारणलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

चियापानमा कांग्रेसले समोसा, जेरी र चिया राखेको छ । समोसा र जेरी चिसो नहोस् भनेर नजिकै पकाउने व्यवस्था गरिएको थियो । चियापानपछि पार्टी थप एकजुट हुने नेता कार्यकर्ताले दाबी गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया