प्रहरी देखेपछि माेटरसाइकल छाेडेर तस्कर भागे, १० किलाे चाँदी बरामद

 कात्तिक ६, २०७६ बुधबार १५:३७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २० को देवपुरा रुपैठाबाट १० किलो चाँदी बरामद गरेको छ । 

तस्करले भारततर्फ लान लागेको १० किलो अवैध चाँदी बरामद गरिएको धनुषाका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले जानकारी दिनुभयो ।

बुधबार दिउँसो ना ४७ प २७२७ नम्बरको मोटरसाइकलमा दुई ओटा प्याकेटमा लुकाएर राखिएको चाँदी प्रहरीले बरामद गरेको हो । प्रहरीले जाँच गरेको देखेपछि मोटरसाइकल त्यहीँ छाडेर चालक र पछाडी बसेको व्यक्ति फरार भएको एसपी उप्रेतीले बताउनुभयो । 

बरामद भएको चाँदी र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया