कुटपिटबाट बर्दियामा एक युवकको ज्यान गयो

 कात्तिक १३, २०७६ बुधबार १८:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको समूहको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा ज्यान गएको छ ।

स्थानीय युवाहरुलाई झगडा नर्गन आग्रह गर्दा ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । मंगलबार बेलुका युवाहरुको कुटपिटबाट चार जना घाइते भएका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालिगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देवी रोकायसहित अहिलेसम्म ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । कुटपिटमा संलग्न आशंकामा अरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि केही स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरीे तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्सा चालकलाई अटो मर्मत खर्च दिलाइएको थियो ।

त्यही युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा सुरु भएको र झगडा नगर्न आग्रह गर्दागर्दै युवाहरुको समूहले कुटपिटमा उत्रिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल आसपास क्षेत्रमा प्रहरी परिचालन गरी घटनामा संलग्न थप अरुको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक(एसपी) राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया