बझाङमा जलविद्युत आयोजनाको सुरुङभित्र छिरेका चार जना कामदार सम्पर्कविहीन

 कात्तिक १८, २०७६ सोमबार १२:३०:१० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनामा काम गर्ने चारजना कामदार सुरुङभित्रै हराएका छन् ।

दैलेखको गुराँस गाउँपालिका ३ का महेन्द्र शाही र कर्ण शाही, अछाम तुर्माखाँद गाउँपालिका –६ का महेन्द्र साउद र बझाङको बुंगल नगरपालिका  १ का शेरसिंह धामी सुरुङभित्रै हराएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो सुरुङभित्र कामका लागि गएका ६ जना कामदारमध्ये २ जना भने बाहिर निस्किए पनि चार जना हराइरहेको प्रहरीले जनाएको छ । सुरुङभित्र अक्सिजन नभएर उहाँहरु बेहोस भएका हुनसक्ने बझाङका डीएसपी गणेश लामाले बताउनुभयो ।

अहिले कामदार निकाल्ने प्रयास भइरहेको छ । गएको ५ वर्षदेखि यो जलविद्युत् आयोजना निर्माणको काम भइरहेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया