प्रधानमन्त्री ओलीकाे मिर्गौलाको फेरि डायलसिस: स्वास्थ्य अवस्था सामान्य

 कात्तिक ३०, २०७६ शनिबार १९:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीकाे मिर्गौलाको शनिबार डायलसिस गरिएको छ ।

काठमाण्डाैकाे ग्रान्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको मिर्गौलाको तेस्रो पटक होमोडायलसिस गरिएको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस अघि कार्तिक १२ र १३ गते पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको ग्राण्डी अस्पतालमै डायलसिस गरिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक एवं नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डाक्टर दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताइएके छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया