युरो कप २०२० छनोट खेल : जर्मनी, नेदरल्याण्ड, बेल्जियम र रसियाको सहज जित

 मंसिर ४, २०७६ बुधबार ८:४२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

युरो कप २०२० को छनोट खेलमा जर्मनीले उत्कृष्ट नतिजा निकालेको छ । छनोटको अन्तिम खेलमा सेर्जी ग्नाब्रीले ह्याट्रिक गर्दा जर्मनीले उत्तरी आयरल्याण्डलाई ६–१ ले हरायो । 

फ्राङ्कफर्टमा भएको खेलमा माइकल स्मिथले उत्तरी आयरल्याण्डलाई उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । एक गोलले पछि परेको जर्मनीले ६ गोल फर्कायो । ग्नाब्रीले ह्याट्रिक गर्दा लियोन गोरेज्काले दुई तथा जुलियन ब्रन्ड्टले एक गोल गरे । ग्नाब्रीले १९, ४७ र ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने गोरेज्काले ४३ औँ र ७३ औँ मिनेटमा गोल गरे । ब्रन्ड्टले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए ।

नेदरल्याण्ड्सले पनि इस्टोनियालाई ५–० ले हराउँदा जर्जिन्हो विनाल्डमले ह्याट्रिक गरे । एम्स्ट्रड्याममा भएको खेलमा विनाल्डमले छैटौँ, ६६ औँ र ७८ औँ मिनेटमा गोल गरेका थिए ।

नाथन एकेले १८ औँ तथा माइरन बोआडुले ८७ औँ मिनेटमा डच टिमका लागि पाचौँ गोल गरेका थिए । 

बेल्जियमले साइप्रसलाई ६–१ ले हरायो । साइप्रसले १४औँ मिनेटमा अग्रता लिएको थियो । त्यसपछि क्रिष्टियन बेन्टेकेले १६ औँ र ६७ औद्द मिनेटमा, केभिन डी ब्रुयनले ३५ औँ र ४१ औँ मिनेटमा गोल गरे ।

यान्नी कारास्कोले ५५औँ मिनेटमा बेल्यिमका लागि गोल गरेका थिए । एउटा गोल भने बेल्जियमले उपहार पाएको थियो ।

रसियाले पनि सान मारिनोलाई ५–० ले हरायो । सान मारिनोको मैदानमा भएको खेलमा रसियालाई जित दिलाउनका लागि डालर कुज्याएभ, सेर्जी पेत्रोभ, अलेक्सी मिरानचुक, अलेक्सी इओनोभ र निकोले कोम्लिचेन्कोले एक–एक गोल गरे ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया