राष्ट्रपति पाैडेल र कतारका राजा थानीबीच शीतल निवासमा भेटवार्ता
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणका लागि खेलाडी रिलिज र अनुबन्ध भएका छन् ।
यो संस्करणमा १८ जना खेलाडी रिलिज भएका छन् भने नयाँ १२ जना खेलाडी अनुबन्ध भएका छन् । लिगमा सहभागी ६ टिमले नै तीन तीन जना खेलाडीलाई रिलिज गर्दा हरेक टिमले दुई दुई जना खेलाडी अनुबन्ध गरेका हुन् ।
पोखरा रंगशालामा हुने प्रतियोगिताका लागि रिलिज हुने खेलाडीमा पोखरा पल्टनबाट दिपेश खत्री, विक्रम भुसाल, दिभ्याम्सु मलिक रहेका छन् । यस्तै चितवन राइनोजले शक्ति गौचन, स्वप्निल अधिकारी र आकाश थापालाई रिलिज गरेको छ ।
बुटवल ब्लास्टर्सले सागर पुन, अनिल खरेल, प्रकाश केसीलाई रिलिज गर्दा धनगढी ब्लुजले दिलिप नाथ, सन्तोष भट्ट, योगेन्द्र कार्कीलाई टिमबाट हटाएको छ ।
यस्तै विराटनगर टाइटन्सले जितेन्द्र सिंह ठकुरी, रविन जोशी, हिमांशु दत्तलाई रिलिज गरेको छ । काठमाण्डौ गोल्डेन्सले नरेश बुढाऐर, सुमित झा र सुधिर चौधरीलाई टिमबाट हटाएको छ ।
यसका साथै हरेक टिमले दुई जना नयाँ खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा धनगढीले जनही ५० हजारमा सुमन गौतम र अनिल खरेललाई लिएको छ भने काठमाण्डौ गोल्डेन्सले सुवास खकुरेल र अमृत भट्टराईलाई समान ५०/५० हजारमा अनुबन्ध गरेको छ ।
यस्तै बुटवल ब्लास्टर्सले सेर मल्ललाई ५० हजार र कमल खत्रीलाई ३० हजारमा लिएको छ । पोखरा पल्टनले आकाश चन्दलाई ५० हजार र कुशल मल्ललाई एक लाख ५० हजारमा भित्र्याएको छ ।
यता विराटनगरले दिलिप नाथलाई ७५ हजार र लोकेश बमलाई ५० हजारमा किनेको छ । चितवनले विक्रम सोबलाई एक लाख ३० हजार र विक्रम भुषाललाई ५० हजारमा भित्र्याएको छ ।