बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर राेहित झा पक्राउ

 मंसिर ९, २०७६ सोमबार २०:६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

ललितपुर – बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका एक जना डाक्टर पक्राउ परेका छन् ।

बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ ।

सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा यौन दुर्व्यवहार गरेको भनी पीडित महिलाले दिएको उजुरी आधारमा डाक्टर झालाई अस्पतालबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया