प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

 मंसिर १२, २०७६ बिहिबार ९:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । 

प्रधानमन्त्री ओलीका निजी डाक्टर प्राध्यापक दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई बिहीबार सामान्य हिड्डुल गराइनेछ । ओलीको स्वास्थ्यमा सुधार भइरहेकाले उहाँलाई बुधबार पनि सामान्य डुलाइएको डाक्टर शाहले बताउनुभयो ।

उहाँलाई अझै केही दिन अस्पतालमा नै राखिने डाक्टरले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया