साग : पुरुष फुटबलकाे नयाँ खेलतालिका सार्वजनिक, नेपालकाे पहिलाे खेल भुटानसँग

 मंसिर १२, २०७६ बिहिबार १३:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदाे दक्षिण एसियाली खेलकुद (साग)मा भारतले सहभागिता नजनाउने भएपछि पुरुष फुटबल टिमको खेल तालिका पनि परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघले बिहीबार नयाँ खेलतालिका सार्वजनिक गरेको छ । जसमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । डिसेम्बर तीन तारिखमा हुने खेलमा नेपालले भुटानसँग खेल्नेछ । त्यसपछि नेपालले चार तारिखमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्डरोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले तेस्रो खेल माल्दिभ्सविरुद्ध ६ डिसेम्बरमा खेल्नेछ । लिगका अन्तिम खेलमा नेपालले आठ तारिखमा बंगलादेशसँग खेल्नेछ ।

यसका साथै दशरथ रंगशालामा हुने खेलका समय पनि तोकिएको छ । जसमा पहिलो खेल दिउँसो तीन बजे र दोस्राे खेल साँझ ५ बजे हुनेछ । नेपालले सबै खेल साँझ ५ बजे खेल्नेछ ।

सागका लागि राष्ट्रिय खेलकुद परिषद्ले पाँच सय र एक हजार टिकट दर तोकेको छ । यसपटकको फुटबल र क्रिकेटको टिकटको जिम्मा निजी कम्पनीलाई दिएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया