चार दिनदेखि हराइरहेका ९ वर्षीय बालक मृत अवस्थामा भेटिए

 मंसिर १२, २०७६ बिहिबार १७:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – गएको आइतबार (चार दिन) देखि हराएका ९ वर्षीय बालक सुवास बोहोरा मृत अवस्थामा भेटिएका छन् । 

बिहीबार बिहानसाढे ९ वजे चन्दननाथ नगरपालिका १ को बागबानी केन्द्र राजिकोट नजिकै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालबहादुर धामीका अनुसार पातारासी गाउँपालिका ५ लासिका बालक खलङ्गाको भारतीवडामा रहेको ब्राइटफ्युचर बोर्डिंगमा अध्ययनरत थिए । 

हराएका बोहरा खुट्टामा चप्पल लगाएको र पिठयुँमा झोला बोकेकै अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

उनको शव भेटिएको ठाउँभन्दा ३० मिटरमाथि एउटा ढुंगामा पाकेको चोत्राले ‘म’ मात्रै लेखिएको शब्द भेटिएको छ । त्यो शब्द सुवास वा अन्य कोही व्यक्तिले लेखेको हो भन्नेमा यकिन नभइ सकेको प्रहरीले जनाएको छ । 

उनका बुवाको पनि भारतमा काम गर्न गएको समयमा यसअघि नै मृत्यु भइसकेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया