आईएमई डबलकाे डबलकाे डबल अफर: पठाए ५९ हजार, जिते पाैने पाँच लाख

 मंसिर १२, २०७६ बिहिबार १८:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई ‘दशैँमा डबलको डबलको डबल’ अफरको बम्पर बिजेता सप्तरीका विरेन्द्र खङ्खत्वे बनेका छन् ।

आईएमईले काठमाण्डौमा बिहीबार लक्की ड्र मार्फत विजेता घोषणा गरेको हो । विजेता खङ्खत्वेले आईएमई मार्फत ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए ।

उनले बम्पर अफर मार्फत पठाएको रकमको आठ गुणा अर्थात् ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका छन् । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईले ल्याएको यस्तो योजनाले विदेशमा बसेर कमाएको रकमलाई बैंकिङ प्रणालीमार्फत देशमा भित्र्याउन सहयोग पुगेको बताउनुभयो ।

चाडपर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्रसँगै सेवाग्राही र कम्पनीलाई समेत फाइदा पुगेको उहाँले बताउनुभयो ।

त्यस्तै आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस वर्षको याेजनामा सेवाग्राहीको उल्लेख्य सहभागिता रहेको बताउनुभयो । ब्राण्ड एम्बास्डर दीपकराज गिरिले विभिन्न अफरहरुका कारण आईएमई सफल ब्राण्ड बनेको बताउनुभयो ।

आईएमईले यस वर्षको दशैँमा डबलको डबलको डबल अफर अन्तर्गत दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राहीलाई बम्पर उपहार उपलब्ध गराएको थियाे ।

आईएमईले गएकाे भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्मका लागि अफर सार्वजनिक गरेको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया