एनसेलकाे 'मेरो प्लान' : २५ जीबीसम्म बाेनस डाटा

 मंसिर १३, २०७६ शुक्रबार २०:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डाटा योजना ल्याएको छ । जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डाटा प्राप्त गर्दै निःशुल्क यूट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् ।

यो योजना शुक्रबारदेखि नै लागू भएको छ । यस योजनाअन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डाटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आइफ्लिक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्ने ग्राहकले बोनसस्वरुप एक जीबी र तीन जीबी डाटा प्राप्त गर्नेछन् ।   

त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्ने ग्राहकले बोनसस्वरुप ६ जीबी र १५ जीबी डाटा प्राप्त गर्नेछन् । त्यस्तै प्लान ९९९ सुचारु गर्ने ग्राहकले थप २५ जीबी डाटा प्राप्त गर्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप यस योजना अन्तर्गतको भिडियो बोनस भिडियो डाटाले ग्राहकलाई थप फाइदा पुर्‍याउने विश्वास एनसेलले लिएको छ । 

एनसेलको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् । यस बाहेक ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् ।

ग्राहकले *३०२# डायल गरी प्राप्त निर्देशनअनुसार मेरो प्लान सुचारु गरी योजनाको मजा लिन सक्नेछन् ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया