देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै: सावधानी अपनाउन माैसमविद्काे आग्रह

 मंसिर १४, २०७६ शनिबार ७:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - अब देशभरिकै तापक्रम क्रमिक रुपमा घट्ने भएकाले चिसोबाट बच्नको लागि पूर्वतयारी गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

बिहान बेलुकी हुस्सु र कुहिरो लाग्ने तथा तराईमा शीतलहर पनि सुरु हुनसक्ने भएकाले सावधानीको लागि पूर्व तयारी गर्न मौसमविद् शान्ति कँडेलले आग्रह गर्नुभयो ।

उहाँका अनुसार सामान्यतया मंसिर १५ पछि बिहान हुस्सु र कुहिरो लाग्ने क्रम बढ्ने भएकाले तापक्रम घटाएर चिसो बढाउँछ । यस्तै तराईमा लगातार घाम नलाग्दा शीतलहर पनि सुरु हुन्छ ।

शनिबार, आइतबार र साेमबार देशको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ । काठमाण्डौको आज बिहानको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ ।


 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया