प्रधानमन्त्रीलाई कम्तीमा एक हप्ता अस्पतालमै राखिने

 मंसिर १४, २०७६ शनिबार ९:१२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै कम्तीमा एक हप्ता अस्पतालमै राखिने भएको छ ।

स्वास्थ्यमा क्रमिक सुधार भए पनि संक्रमण हुने डर भएकाले अझै कम्तिमा एक हप्ता अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमै राखेर उपचार गरिने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

डाक्टरहरुकाअनुसार अहिले प्रधानमन्त्री ओलीलाई थोरै तरल पदार्थ खुवाउन र थोरै हिँडडुल गराउन थालिएको छ । गएको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आईसीयू कक्षमा राखेर उपचार भैरहेको छ ।

उहाँको मृगौलामा समस्या भएपछि नियमित डायलासिस पनि गरिँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया