दिउँसाे १२ बजेसम्म २४ प्रतिशत मत खस्यो : निर्वाचन आयाेग

 मंसिर १४, २०७६ शनिबार ११:५८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि मतदान भैरहेको छ । 

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म २४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार पछिल्लो ५ घण्टामा समग्रमा २४ प्रतिशत मत खसेको हो । 

२३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । उपचुनावअन्तर्गत कास्की २ मा प्रतिनिधि सभाको लागि मतदान भैरहेको छ । 

प्रदेशसभातर्फ भक्तपुर १(क), बागलुङ २(ख) र दाङ ३(ख) मा मतदान भैरहेको छ । धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि मतदान भैरहेको छ । 

केही सामान्य घटना बाहेक अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया