ललितपुरमा साइकलका लागि छुट्टै लेन

 मंसिर १४, २०७६ शनिबार १३:३३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर महानगरपालिकाले साइकल यात्रुका लागि सडकमा छुट्टै साइकल लेन बनाएर सञ्चालनमा ल्याएको छ ।

शनिबार महानगरपालिकाले कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र  कुपन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरी साइकल लेन व्यवस्था गरेको बताएको छ ।

चालु सडकमा नै छुट्याइएको साइकल लेन डेढ मिटर चौडाइको रहेको छ । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाण्डौ उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको बताउनु भयो । साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको पनि उहाँले थप्नुभयो । 

महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन चारवटा साइकल लेन बनाउने योजना रहेको बताएको छ । अहिले व्यवस्था गरिएको साइकल लेनमा अन्य सवारी साधन सँग मिलेर चलाउनु पर्ने हुन्छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया