हुम्लाको खार्पुनाथमा ८० प्रतिशत मत खस्यो

 मंसिर १४, २०७६ शनिबार १८:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला – खार्पुनाथ गाउँपालिकामा शनिबार भएको उपचुनावमा ८० प्रतिशत मत खसेको छ ।  

३ हजार ३ सय ८७ जना मतदाता रहेको गाउँपालिकामा उपाध्यक्ष पदको लागि २ हजार ८ सय ६६ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताउनु भयो ।

केही सामान्य वादविवाद बाहेक शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनु भयो । पाँच वटा मतदान केन्द्रमा उत्साहका साथ मतदान भएको स्थानीय पर्यवेक्षक नरजन तामाङले बताउनु भयो । 

गएको असार ३ गते उपाध्यक्ष सिन्धु हमाल शाहीको जीप दुर्घटनामा निधन भएपछि यो ठाउँ रिक्त रहेको थियो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया