बौँदीकाली गाउँपालिका ५ मा नेकपाका उम्मेदवार मगर विजयी

 मंसिर १४, २०७६ शनिबार २३:१:१८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी पूर्व नवलपुरको  बौँदीकाली गाउँपालिका वडा नम्बर  ५ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्ष पदका लागि भएको उपचुनावमा नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ३६७   मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलबहादुर रानाले २११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो ।

नेकपाका उम्मेदवार खिम बहादुर खरु मगरले आफ्ना प्रतिद्वन्द्वी  तुलबहादुर रानालाई १३६ मत अन्तरले पराजित गर्नुभएको हो  यस्तै समाजवादी पार्टीका उम्मेदवार प्रितमबहादुर रानाले ७ मत प्राप्त गर्नुभएको छ ।

आज भएको वडा अध्यक्ष पदकाे उपचुनावमा कुल ६ सय १५ मत खसेको थियो । १० मत बदर भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो  । यस अघिको चुनावमा यहाँबाट तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए । वडा अध्यक्षको निधन भएपछि यहाँ उपचुनाव भएकाे हाे ।

अन्तिम अपडेट: चैत १०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया