कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको अग्रता

 मंसिर १५, २०७६ आइतबार ६:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ । 

उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ ।

यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाउनुभएको छ । भरतपोखरी क्षेत्रबाट मतगणना थालिएको हो । भरतपोखरी नेकपाका नेता स्वर्गीय रविन्द्र अधिकारीको जन्म क्षेत्र हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया