कास्कीमा कांग्रेसभन्दा नेकपा दोब्बर मतले अगाडि

 मंसिर १५, २०७६ आइतबार १०:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर मतले अगाडि रहनुभएको छ ।

अहिलेसम्म मतगणना भएका पोखराका वडा नम्बर ३३ र २१ नम्बरको परिणाम अनुसार नेकपा कांग्रेसभन्दा ३ हजार ७ सय १ मतले अघि रहेको छ । अहिलेसम्म नेकपाले ६ हजार ७९५ मत पाएको छ भने नेपाली कांग्रेसले ३ हजार ९४ मत पाएको छ । 

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडाहरु पर्दछन् ।

जसमध्ये ३३, २१, १६ र २० नम्बर वडा नेकपाको गढ मानिएका छन् भने ११, ८, ९ र ४ कांग्रेसका गढ मानिन्छन् । त्यसैगरी ७ र १७ मा काँग्रेस र नेकपाको पक्षमा बराबरी मत भएको अनुमान गरिएको छ । 

प्रारम्भिक नतिजा अनुसार नेकपा दोब्बर मतले अगाडि देखिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया